नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष निलम्बित



काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

अधिकारीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । उनलाई यसअघि संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्याएकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।