निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त



काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त पदमा निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो ।


१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रु विभागका निर्देशक थिए । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व ज्वारचनले गरेका थिए ।