जिसस कालीकोटको प्रमुखमा शाही निर्वाचित



मान्म । जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी भएका हुन् ।

उपप्रमुखमा माओवादी केन्द्रकै मीना रावत (विश्वकर्मा) विजयी भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।


जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारले १५ मत पाएको र एमालेका उम्मेदवारले दुई मत पाएको एक जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, सदस्यमा माओवादी केन्द्रका चार, नेपाली कांग्रेसका दुई र एक जना एकीकृत समाजवादीका विजयी भएका छन् ।