जङ्गी अड्डामा योग दिवस, प्रधानमन्त्री पनि सहभागी



काठमाडौँ ।आज अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर मनाइने योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । योग दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकाली परिसरमा योगाभ्यास कार्यक्रम राखिएको थियो ।

भारतीय दुतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत उपस्थित थिए कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए।