चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त



काठमाडौँ । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।