काठमाडौँ । काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा उपत्यकामा हैजा संक्रमितको हुनेको संख्या १२ पुगेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार आरडीटी परीक्षण गर्दा तीन जनामा हैजा पुष्टि भएको हो । हैजा पुष्टि भएका तीन जनामध्ये पाटन अस्पताल एक र स्टार अस्पतालमा दुई जनाको उपचार हुँदै छ।
निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।