एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छः प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।

शुक्रबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए । उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”


एमसीसी र एसपीपी दुवै परियोजना पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए । अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” पार्टीका एक÷दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।