एमालेद्वारा संसद्‌मा ‘स्थगनको प्रस्ताव’ दर्ता



काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । 

उक्त  प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ । 


संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।