एमाले जनप्रतिनिधिका २० बुँदे संकल्प : ‘हामी शासक होइन, जनताका सेवक हुन्छौैँ’



काठमाडौँ । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । काठमाडौंमा दुई दिनदेखि जारी प्रशिक्षण कार्यक्रमको अन्तिम दिन शुक्रबार उनीहरुले २० बुँदे संकल्प जारी गरेका हुन्। उनीहरुले शासक नभइ जनताका सेवक हुने संकल्प गरेका छन् ।

यसैगरी आफूहरुको नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्ने, सदाचारमा आफू नमुना बन्ने तथा आफूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प प्रस्तावमा उल्लेख छ । सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनुलाई कर्तव्यमा रूपमा लिएर यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, विना झन्झटिलो र पारदर्शी बनाउन लागिरहने बताइएको छ।