अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछामका एक किशोरको मृत्यु घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

अछाम क्षेत्र नम्बर २ का नेकपा एमालेका सांसद यज्ञ बोगटीले घटना भएर शव भेटिएको ९ दिन बितिसक्दा पनि अहिलेसम्म जाहेरीसमेत दर्ता नभएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरेपछि सभामुखले रुलिङ गर्दै तत्काल दोषीमाथी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरेका हुन् ।


हिजोको बैठकमा पनि सांसद बोगटी र एमाले सांसद भीम रावलले पनि घटनाको विषयमा सदनमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेका थिए। तर, आज पनि त्यहाँ जाहेरी दर्ता भएको छैन। मृतकको शव घटनास्थलमै रहेको छ ।