हलीवुड अभिनेता जोनी डेपले जिते मानहानिको मुद्दा, अभिनेत्री एम्बर हर्डको आरोप ‘गलत’



हलिउड फिल्म पाइरेट्स अफ द क्यारिबियन्स फिल्म र सिरिजमा अभिनय गरेका अभिनेता र तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् ।

छ साता लामो सुनुवाइका क्रममा ती दुई हलीवुड स्टारहरूले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका नराम्रा आरोपहरू लगाएका थिए ।


अदालतले जोनी डेपलाई मानहानीको लागि १५ मिलियन क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यसमा १० मिलियन डलर क्षतिपूर्तिको रूपमा दिइनेछ भने एम्बरले ५ मिलियन डलर दण्डको रुपमा तिर्नुपर्ने हुन्छ ।

अन्ठाउन्न वर्षे डेपविरुद्ध उनकी ३६ वर्षीया पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा लगाएकी थिइन्। त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको छ। तेस्रो मामिलामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।

अदालतको फैसलापछि एम्बर हर्डले आफ्नो बयानमा भनिन्, ‘म आफ्नो निराशा शब्दमा व्यक्त गर्न सक्दिनँ । मेरो मुटु टुटेको छ । प्रमाणको पहाडले पनि पूर्व पतिको शक्ति, प्रतिष्ठा र प्रभाव डगमगाउन  सकेन । म यसकारण पनि निराश छु किनभने यो निर्णयले अन्य महिलालाई पनि  असर गर्नेछ । यो एउटा झटका जस्तै हो । महिला विरुद्ध हुने हिंसालाई गम्भीरतापूर्वक लिनको लागि पनि यो झटका हो ।’

यसै क्रममा जोनी डेपले आफ्नो बयानमा भनेका छन्, ‘ सुरुदेखि नै मुद्दाको उद्देश्य सत्य बाहिर ल्याउनु थियो, नतिजा जस्तोसुकै होस् । सत्यलाई कहिल्यै मेटाउन सक्दैन ।’

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालतको मुद्दा विगत ६ हप्तादेखि चर्चामा थियो । फैसलाको दिन एम्बर हर्ड भर्जिनियाको अदालतमा उपस्थित थिइन् भने जोनी डेप आफ्नो कन्सर्ट रहेको भन्दै फैसलाको दिन अदालतबाट टाढा रहे ।