संघीय निजामती ऐन छिट्टै संसदमा दर्ता हुन्छः सामान्य प्रशासनमन्त्री



काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन छिट्टै  संसदमा दर्ता गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ।श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती ऐन दर्ता गर्ने बताएका हुन् ।

उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामती ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए । मन्त्री श्रेष्ठले गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको बताए ।


मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा प्रस्तुत गर्ने तयारी भइरहेको बताए ।