शरद् पवारलाई राष्ट्रपति चुनाव लड्न विपक्षी दलहरूको आग्रह



भारतका १७ राजनीतिक दलले आगामी राष्ट्रपति निर्वाचनमा विपक्षी दलहरूको साझा उम्मेदवार बन्न नेशनलिष्ट कङ्ग्रेस पार्टी (एनसिपी) का वरिष्ठ नेता शरद् पवारलाई आग्रह गरेका छन् । स्वास्थ्यका कारण नेता पवारले उक्त आग्रह अस्वीकार गरेका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री एवम् तृणमूल काङ्ग्रेसकी नेत्री ममता बनर्जीले आगामी जुलाई १८ मा हुने राष्ट्रपति निर्वाचनमा उनलाई साझा उम्मेदवार बनाउन बुधवार आयोजना गरेको बैठकमा सहमतिको एकमात्र उम्मेदवार बनाउने निर्णय गरेको थियो । वरिष्ठ नेता पवारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आफूहरूले आग्रह गरेको कम्युनिष्ट पार्टी अफ इण्डियाका नेता विनय विश्वमले बताएका छन् ।


काङ्ग्रेससहित सबै विपक्षी दलले संविधानको संरक्षकका रूपमा काम गर्नसक्ने, देशको लोकतन्त्र र सामाजिक संरचनामा मोदी सरकारबाट थप हानी हुननदिने व्यक्तिका रूपमा नेता पवारलाई राष्ट्रपति बनाउन चाहेका उनले बताए ।