शनिबार देशभर सार्वजनिक बिदा



काठमाडौँ । सरकारले जेठ २१ गते शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ललितपुरको जावलाखेल चोकमा भोटो देखाउने कार्यक्रम हुँदैछ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 


‘जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ। उक्त दिन देशभर सार्वजनिक बिदा रहेको छ’’, गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘‘रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको छ। यस अवसरमा सबैमा शुभकामनासहित मर्यादित रुपमा उक्त अवसरलाई मनाउन गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’’