विद्युत्‌को प्रशारण लाइनमा चढेका विकको ८ घण्टापछि सेनाले गर्‍यो उद्धार



काठमाडौँ । बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ । तारमा चढेको करिब ८ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 

प्रजिअ रिसालले भने, ‘‘नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले भर्खरै बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ ।’’ प्रजिअ रिसालका अनुसार पोलमा चढेको आठ घण्टापछि विकको सकुसल उद्धार भएको हो । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । 


शनिवार दिउँसो बिक ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशासन लाइनबाट बिजुलीको तारमा चढेका थिए । स्थानिय बासी र प्रहरीले आग्रह गर्दा नमानेपछि सेनालाई उद्धारमा परिचालन गरिएको थियो ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि समग्र विद्युत् प्रणालीमै असर परेकाे थियाे ।