विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्यो



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्ला गरेको छ ।

शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसन त्रि.वि. कीर्तिपुरमा शैक्षिक सत्र २०७८-०७९ का लागि सातौं व्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवदेन फाराम भर्नाका लागि खुल्ला गरेको हो । 


जेठ २९ गते देखि लागु हुने गरी भर्ना खुल्ला गरेको त्रिभुवन विश्वविद्यालयले सोमबार सूचना जारी गरेको छ । आवेदन फारम असार २४ गतेसम्म रहने सूचनामा उल्लेख गरेको छ ।