वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको विपक्षमा : झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले वाम एकता मलुकको आवश्यकता भएपनि वामपन्थी आन्दोलनका मूल नेता नै एकताको विपक्षमा रहेको गुनासो गरेका हुन् । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने बताए ।


उनले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’