राष्ट्रसंघको ७७ औं महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित



काठमाडौँ । संयुक्त राष्ट्र संघको ७७ औं महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । न्यूयोर्कमा रहेको राष्ट्र संघको लागि नेपाल नियोगका अनुसार नेपाल उक्त पदमा बुधबार निर्वाचित भएको हो ।

नेपालले यसअघि पनि उक्त जिम्मेवारी सम्हालिसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई बहुपक्षीयतामा सहभागिता बढाउने र राष्ट्रसंघलाई बढ्दो विश्वव्यापी समस्याहरुलाई समाधान गर्ने सम्मान र अवसर हो ।


यसपटक नेपाल एसिया प्रसान्त क्षेत्रबाट सर्वसम्मत निर्वाचित भएको हो । राष्ट्र संघका अनुसार हंगेरीका न्यूर्योकस्थित राष्ट्र संघका लागि नियोग प्रमुख साबा कोरोसी ७७ औं महासभाको अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्र संघको महासभा हरेक वर्ष सेप्टेम्बर १३ देखि २७ सम्म हुन्छ ।