राष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आएकी छन् । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आएकि हुन् ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गरेका थिए ।राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरिन् । उनले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गरिन् ।