राताे मच्छिन्द्रनाथको भोटो देखाइयो, तस्बिरमा हेर्नुहोस्



ललितपुर । ललितपुरको जावलाखेलमा शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो ।


रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो। यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाइएको हो। 

भोटो देखाइसकेपछि मच्छिन्द्रनाथलाई पुनः बुंगमतीमै पुर्याइनेछ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।  

भोटो जात्राको अवसरमा सरकारले आज  सार्वजनिक विदा दिएको छ।