म माथि दुर्व्यवहार भयो : सांसद चौधरी



काठमाडौँ । सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिब १०० जना आएर दुर्व्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उहाँले सो कुराको जानकारी दिएकी हुन् ।

“गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उनले भनिन्, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।


आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उनले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् ।