मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु



तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन)बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृतक महिलाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ ।