भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ । मे महिनामा खुद्रा मुद्रास्फीति ६.३० प्रतिशत कायम रहेको थियो जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कमी हो ।
मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो । यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१ प्रतिशतबाट मे महिनामा ७.९७ प्रतिशतले घटेको छ ।