काठमाडौँ । काठमाडौँबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौँ विमानस्थल फिर्ता भएको छ ।
टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।