बैतडीको सूर्नयामा चितुवाको त्रास



बैतडी । बैतडीको सूर्नया गाउँपालिकामा चितुवाको त्रास छाएको छ । गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ ।

राति गाउँमा पसेर चितुवाले आक्रमणको प्रयास गर्ने गरेको स्थानीयवासीले बताए । चितुवाले बथानसहित गाउँमा पसेर आतङ्क मच्चाएको स्थानीय तेजन बोहराले बताए । रातिको समयमा चितुवा गाउँमा पस्न थालेपछि स्थानीय जाग्राम बस्न थालेका छन् । चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको छ ।


गोठबाटै खसीबाख्रा चितुवाले आक्रमण गरेर लैजान थालेपछि गाउँमा त्रास फैलिएको बोहराले बताए । स्थानीय प्रजापति मडैका अनुसार चितुवाले दुई महिनाको अवधिमा दुई दर्जनभन्दा खसीबाख्रा खाइसकेको छ ।