बागलुङमा विषालु च्याउ खाँदा चार जना बिरामी



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खाँदा ताराखोला गाउँपालिका–५ माटेविसौनाका मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएका छन् ।

बिरामीकाे गलकोट ‘इमर्जेन्सी पोलिक्लिनिक’ हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हिजो बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेपछि आज बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको छ । उनीहरूको स्वस्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।