बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



पाेखरा । पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ ।

पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना७ख ४९७६ नम्बरको बसको ठक्करबाट घिरिङ गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२७ अर्घौचोक बस्ने ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको हो ।


बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।