बरु जेल जाने, भीम रावलले इम्बोइस्ड नम्बर नहाल्ने



काठमाडौँ । नेकपा एमालेका सांसद डा. भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । संसदको राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बुधबारको बैठकमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

उनले संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको भन्दै आफूलाई त्यो मान्य नहुने बताए । उनले भने,‘बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु तर म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ ।’


सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विना जानकारी बैठकमा अनुपस्थित भइन् ।