बन्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार



काठमाडौँ । धादिङको बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने विषयमा बुधबार पनि झडप भएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् ।