प्रतिकिलो १०५ रुपैयाँ पुग्यो चिनीको मूल्य



काठमाडाैँ । बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रूपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको हो ।

संघका महासचिव अमुलकाजी तुलाधारका अनुसार पछिल्लो समय चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको हाे । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’


उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’