पूर्वमन्त्री मिथिलाको निधन



सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छन् । मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् ।


नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।