पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पाँच एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।


उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहको बढुवा भएको हो। उनीहरूको बढुवासँगै पदस्थापन पनि भएको छ।