पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामा पत्र



काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएका हुन् ।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले आज बिहान आयोजित एक कार्यक्रममा केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको बताएका थिए ।