नेपाल प्रहरीका १७ एसएसपीको डिआइजीमा बढुवा सिफारिस



काठमाडौँ । नेपाल प्रहरीका १७ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपी डिआइजीका लागि बढुवा सिफारिस भएका हुन् ।

लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस भएको हो । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजी बढुवामा सिफारिस भएका छन् । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।