नाइजेरियाको चर्चमा बन्दुक आक्रमण, २१ को मृत्यु



नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन् । हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको रक्तपात नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।


ओन्दो स्टेट गभर्नर अफिसका प्रवक्ता रिचार्ड ओलाटुन्डेले एएफपीसँग बताएअनुसार यस सेवामा उपस्थित उपासकहरूमाथि अन्धाधुन्ध हतियारधारी समूहले गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा २१ जनाको मृत्यु भएको पुष्टि गर्दै उनले भने, “उनीहरू चर्चमा समेत प्रवेश गरेनन्, नजिकै रहेका घरहरूका झ्यालबाट गोली ठोकिरहेका थिए ।” राष्ट्रिय विपत् व्यवस्थापन निकायका स्थानीय प्रतिनिधि ओलानरेवाजु कादिरीले भने अधिकांश बालबालिकासहित २२ जनाको मृत्यु भएको बताए । घटनामा अन्य ४० जना घाइते भएका बताइएको छ ।

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न सोमबार पुगेका ओओओका एएफपी संवाददाताले बताए । राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ । नीजि मेडिकल एसोसिएसन (एनएमए) ले पनि सोमबार त्यहाँका बासिन्दालाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो ।

यस आक्रमणको लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवार भएको दाबी गरेको छैन र आक्रमण गर्नुको कारण थाहा हुनसकेको छैन । एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए । आफ्नो नाउँ अबायोमी बताउने उनले एएफपीसँग भने, “चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुन्दा म नजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ ।

आक्रमण सुनेपछि चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगेको र घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो । घटनापछि आक्रमणकारी त्यहाँबाट भागेका बताइएको छ ।