दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा



झापा । बिएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले ५ सय डाक्टर र २५ सय नर्सिङ पढाउन मिल्ने मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । आइतबार बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’ नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।