दुबईका राजकुमार नेपालमा



काठमाडाैँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।


तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।