डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व



तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।

आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पु¥याएको थियो । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।