जुम्ला जिसस प्रमुखमा आचार्य निर्विरोध



जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जनक थकाली निर्विरोध चयन भएका छन् ।

कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि दुवैजना निर्विरोध चयन भएका हुन् । कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गङ्गादेवी रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरविर सुनार निर्विरोध भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए ।


यस्तै समाजवादीबाट जिसस सदस्यमा पदमबहादुर रावत निर्विरोध चयन भएका छन् । एक नगरपालिका र सात गाउँपालिकामा कांग्रेसको आठ, माओवादीको ६ तथा समाजवादी र स्वतन्त्रको एक एक मतभार रहेको थियोे ।