घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुबाहक  र मालबाहक सवारीसाधनको भाडादर घटाएको हो ।

यात्रुबाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।