गायिका दिलमाया सुनार आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ



काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार काठमाडौँस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।

सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौँको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।


प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।