गायिका इन्दिरा जोशीले गरिन् प्रेमी शरदसँग विवाह



काठमाडाैँ । चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।  


आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै उनले विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहकाे तस्बिर सार्वजनिक गरेकी हुन्। ‘अब हामी श्रीमान-श्रीमती भयौं,’ उनले लेखेकी छन्।