कार्यभार सम्हाल्न काठमाडौँ आइपुगे भारतीय राजदूत श्रीवास्तव



काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्।

उनी शनिबार अपराह्न काठमाडौँ आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।


श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । उनी २०१७ देखि २०१९ सम्म चीनको संघईमा न्यू डेभलपमेन्ट बैंकको महानिर्देशकका रुपमा खटिएका थिए ।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

मेरील्याण्ड विश्व बिद्यालयबाट मास्टर इन टेक्नोलोजी गरेका श्रीवास्तवले आईआईटी दिल्लीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक गरेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।