काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि



काठमाडौँ । काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि भएको छ । योसँगै काठमाडौंमा उपत्यकामा हैजा संक्रमितको हुनेको संख्या १२ पुगेको छ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार आरडीटी  परीक्षण गर्दा तीन जनामा हैजा पुष्टि भएको हो ।  हैजा पुष्टि भएका तीन जनामध्ये पाटन अस्पताल  एक र स्टार अस्पतालमा दुई जनाको उपचार हुँदै छ। 


निर्देशक डा. दासका अनुसार  अनुसार, बागबजार, डिल्लीबजार,  सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।