काठमाडौँको फोहोर आजबाट उठ्ने, मध्यरातमा स्थानीयसँग १८ बुँदे सहमति (सहमतिपत्रसहित) 



काठमाडौँ । काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति भएको छ ।


सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका – १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।