एसपीपीबारे प्रधानमन्त्री देउवाले संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने बताएका छन् ।

उनले भने, ‘ यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम  काम गर्ने हो । उनीहरुले यो गर, गर कभनेर  कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ।’


‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’