एमाले नेता घनश्याम भुसालमाथि अनुशासन आयोगद्वारा कारबाही सिफारिस



काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस भएको छ । एमाले अनुशासन आयोगको शनिबार बसेको बैठकले भुसाललाई कारबाही सिफारिस गरेको हो । अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

चुनावी नतिजा आएपछि उनले त्यस परिस्थितिमा अध्यक्ष ओलीले राजीनामा दिनु उपयुक्त हुने समेत बताएका थिए । अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टी अध्यक्षको आलोचना गरी टेलिभिजनमा अन्तरवार्ता दिने एक स्थायी कमिटीका सदस्यलाई स्पष्टिकरण सोध्ने निर्णय भएको जानकारी दिए । भुसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनमा ओलीलाई दोषी देखाएका छन् । आयोगको सिफारिसबारे निर्णय भने पार्टी कमिटीले गर्नेछ ।