एमालेले नवनिर्वाचित जनप्रतिनिधिलाई काठमाडौँमा दुई दिन प्रशिक्षण दिँदै



काठमाडौँ ।  नेकपा (एमाले) ले स्थानीय निर्वाचन जितेका जनप्रतिनिधिलाई दुई दिन काठमाडौंमा प्रशिक्षण दिन लागेको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो। आज र भोलि प्रशिक्षण दिइने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

आज बिहान राष्ट्रिय सभा गृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छन् । स्थानीय तहको निर्वाचन भएका ७५२ मध्ये २०५ पालिकामा एमालेले जितेको छ। एमालेले आफ्नो पार्टीबाट जितेका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।


यसका लागि एमालेका पालिका प्रमुख र उपप्रमुख काठमाडौं आइपुगिसकेका जनाइएको छ। उनीहरुलाई कसरी प्रभावकारी रुपमा काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिइनेछ ।