एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार



काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रि शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताए ।


प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई अर्थमन्त्री शर्मामाथि खनिएका थिए । संसदमा बोल्दै उनले ‘गद्दार’ भनेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाएका छन् । भट्टराईले ‘बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको अत्यन्तै गद्धारीको विषयमा हामी बोलिरहेका छौं’ भनेका थिए । 

उक्त शब्द बोलेपछि भट्टराईलाई त्यही रोक्दै सभामुख सापकोटाले त्यो शब्दलाई रेकर्डबाट हटाएको जानकारी दिएका थिए । यसपछि एमालेले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गर्दै संसदबाट बाहिरियो ।