ई.पि.एस कोरिया भाषा परीक्षाकाे नतिजा प्रकाशित, एक हजार ८०९ जना उत्तीर्ण



काठमाडौँ । ई.पि.एस कोरिया भाषामा परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । वैदेशिक रोजगार विभाग ई.पि.एस कोरिया शाखाले सोमबार प्रकाशन गरेको नजितामा कृषि तथा पशुपालनतर्फको पहिलो चरणको परीक्षामा सहभागिमध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । 

२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए । यीमध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ ।


शाखाले भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारको ग्यारेन्टी नहुने वैदेशिक रोजगार विभाग ई.पि.एस कोरिया शाखाले सूचनामार्फत जनाएको छ ।